Section 60
गाउँपालिका वा नगरपालिकालाई सूचना दिनुपर्ने
कृषि सम्बन्धी कामको लागि किसानलाई दिइने रु. ५०।– पचासभन्दा माथिको नगदी वा रु. ५०।– पचासभन्दा बढी मोल पर्ने जिन्सी ऋण दिंदा लिंदा सो कुराको सूचना गाउँपालिका वा नगरपालिकालाई दिनुपर्छ ।
तर यस ऐन बमोजिम तोकिएको समिति वा अधिकारी वा सहकारी बैङ्क वा सहकारी संस्थाले ऋण दिंदा सो बमोजिम सूचना नदिएपनि हुन्छ ।